“प्रधानमन्त्री ज्यूको बिषयमा भ्रमपूर्ण समाचार संप्रेषण गर्ने पक्राउ”

मिति २०७५।०७।१३ गते पाथिभरा अनलाईन डट कम (PATHIBVARAONLINE.COM) बाट सम्माननिय प्रधानमन्त्री के.पी.शर्मा वली ज्यूको स्वास्थ्य सम्बन्धि झुठो तथा भ्रमपूर्ण समाचार संप्रेषण गरी जनतामा भ्रम सृजना गरेकोमा सो अनलाईनका सम्पादक जिल्ला स्याङजा, हरिनाथ गा.पा. वडा नं. ६ स्थायी वतन भई हाल जिल्ला काठमाण्डौ, कागेश्चरीमनहरा न.पा. वडा नं. ८ बस्ने वर्ष ४६ को हरी प्रसाद मानन्धरलाई प्रकाउ गरी विद्युतिय अपराध तथा कसुर अन्तर्गत कारवाही सुरू गरिएको तथा यस प्रकारका कुनै पनि भ्रमपूर्ण झुठो खवरहरू संप्रेषण नगर्न नगराउन हुन सबैमा अनुरोध गरिएको छ ।

पक्राउ व्यक्तिः
नाम थरः हरी प्रसाद मानन्धर
उमेरः ४६ वर्ष
ठेगानाः जि. स्याङ्जा, हरिनाथ गा.पा. वडा नं.६
हाल : का.जि. कागेश्वरीमनहरा न.पा. वडा नं.८
मिति : २०७५।०७।१३ गते ।