"कर्तव्य ज्यानका फरार प्रतिवादीहरु पक्राउ पश्चात कारागार चलान"

घटना विवरण :
मिति २०७४।०६।२३ गते दिउँसो राम कुमार खत्रीले चलाएको बा.१३ च ४९४८ नम्बरको प्राडो गाडीमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ७ स्थायी घर भई का.जि.का.म.न.पा. वडा नं. ३१ शान्तिनगर बस्ने नेपाल निर्माण व्यबसायी महासंघका अध्यक्ष बर्ष ६० को शरद कुमार गौचन सवार रहि ओम शान्ती चोक तर्फ बाट नयाँबानेश्वर तर्फ जादै गरेको अबस्थामा अं. १४:५० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं. ३१ प्रयाग चोक खरिबोट स्थित सडकमा पुग्दा अपरिचित व्यक्तिहरुले गाडीको अगाडीको सिसामा ईटा प्रहार गर्दा सिसा फुटेकोले गाडी रोकिदा अगाडिको सिसाबाट गोली प्रहार गरि शरद कुमार गौचनलाई हत्या गरि फरार रहेका गुण्डा नाईके समिरमान सिंह बस्नेत समूहका सदस्यहरु, निम्न अभियुक्तहरु लाई मिति २०७५।०७।१२ गते जिल्ला झापा , काकडभिट्टामा लुकिछिपी बसेको अबस्थामा पक्राउ गरिएकोमा मिति २०७५।०७।१४ गतेको सम्मानित काठमाण्डौ जिल्ला अदालतको आदेशले पुर्पक्षको लागी कारागार चलान गरिएको ।

पक्राउ परेको व्यक्तिहरु :-
नाम :- लोप्साङ भन्ने सोम तामाङ
उमेर :- ४० बर्ष
स्थायी ठेगाना :- जि. झापा , बिर्तामोड न.पा.वडा नं. ५, शनिअर्जुन
हालको ठेगाना :- का.जि., कपन

नाम :- रोशन बुढाथोकी
उमेर :- २६ बर्ष
स्थायी ठेगाना :- का.जि. , नागार्जुन न.पा. वडा नं. ४
हालको ठेगाना :-

नाम :- अम्बर बहादुर राना
उमेर :- ३१ बर्ष
स्थायी ठेगाना :- जिल्ला उदयपुर, रौता-५
हालको ठेगाना :- का.जि., बाफल

मिति :- २०७५।०७।१४ गते ।