“शरद गौचन हत्याका मतियार पक्राउ”

मिति २०७४।०६्।२३ गते दिउँसोे जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ७ स्थायी घर भई का.जि. का.म.न.पा. वडा नं. ३ शान्तिनगर बस्ने नेपाल निर्माण व्यवसायी महासँघका अध्यक्ष वर्ष ६० को शरद कुमार गौचन वा. १३ च. ४९४८ नंं. को गाडीमा सवार रही ओमशान्तिचोकबाट नयाँबानेश्वर तर्फ जाँदै गरेको अवस्थामा अं. १४:५० बजेको समयमा का.जि. का.म.न.पा. वडा नं. ३१ प्रयागचोक खरिबोट स्थित सडकमा प’ग्दा गाडीको अगाडीबाट गोली प्रहार गरी निज शरद क’मार गौचनको हत्या गरेको ज्यान सम्वन्धि घटनाको अनुसन्धानको सिलसिलामा वारदातमा संलग्न रही फरार रहेको प्रतिवादीहरु मध्येका काले भन्ने अम्वर बहादुर राना, लोप्साङ्ग लामा भन्ने सोम तामाङ्ग, काले दाह्री भन्ने रोशन वुढाथोकीलाई मिति २०७५।०७।१२ गते पक्राउ गरी ऐ १३ गते सम्मानित काठमाण्डौ जिल्ला अदालतमा पेश गरिएको ।

उल्लेखित प्रतिवादीहरुले समिरमान सिंह बस्नेतकी श्रीमती माया शेरचन बस्नेतले गोली हान्न हतियार दिएको, निजहरुलाई बाहिर हुदाँ हुण्डी मार्फत रकम पठाउने र नेपालमा हुदाँ नचिनेको मानिस मार्फत पैसा दिने गरेको, घटना पश्चात घटनामा संलग्न व्यक्तिलाई आफ्नै घरमा ल’काई राखेको भन्ने समेतको व्यहोरा खुल्न आई शरद कुमार गौचनलाई गोली हानी हत्या गर्ने कार्यमा समिरमान सिंह बस्नेतको श्रीमती माया शेरचन बस्नेत समेतको संलग्नता रहेको सम्वन्धमा पुष्ष्टि हुन आई थप खुल्न आएकोले माया शेरचन बस्नेतलाई यस महाशाखाबाट खटिएको टोलीले मिति २०७५।०७।१८ गते दिउँसो काठमाण्डौको नागार्जुन नगरपालिकाको दुईधारा भन्ने स्थानबाट पक्राउ गरी आवश्यक अनुसन्धान कारवाहीको लागी आजै महानगरीय प्रहरी परिसर, काठमाण्डौ पठाईएको । अनुसन्धानको लागी सम्मानित जिल्ला अदालत काठमाडौ बाट दिन १० (दश) म्याद थप भई आएको ।

पक्राउ व्यक्ति :
नाम: माया शेरचन बस्नेत
उमेर : ३१ बर्ष .
ठेगाना : जिल्ला कास्की अन्नप’र्ण गाउँपालिका वडा नं.
हाल का.जि. नागार्नजुन न.पा. वडा नं. २ बस्ने ।

मिति २०७५।०७।१८ गते ।