" बैक ब्यालेन्स् देखाउन भनी ६० लाख ठगी गर्ने दुई जना मानिस पक्राउ "(2076-11-05)

घटना विवरण :
जिल्ला नुवाकोट शिवपुरी गाउँपालिका वडा नं. ३ घर भई हाल का.जि. तार्केश्‍वर न.पा. २ बस्ने बर्ष ३७ की सानुमाया लामालाई रामचन्द्र कुँवरले अमेरिका जानको लागी बैक ब्यालेन्स् देखाउनु पर्ने भनी बिभिन्न प्रलोभनमा पारी प्राईम बैकका खाताबाहक रामचन्द्र कुँवरको खातामा रु ६००००००।– (साठ्ठी लाख ) रकम राख्न लगाई रकम राखेको भोली पल्ट प्राईम बैकको शाखा चावहिल ,नयाँबानेश्‍वर ,कोटेश्‍वर, सामाखुसी र ईमाडोलबाट नक्कली कागजपत्र र नक्कली सवारी चालक अनुमती पत्र राखी रकम निकाली ठगी गरी सम्पर्क विहिन भएको भन्ने प्राप्त जाहेरीका आधारमा यस महाशाखाबाट खटिएको प्रहरी टोलीले निजहरुलाई खोजतलास गर्दै जाने क्रममा मिति २०७६।११।०४ गते बेलुका जि.भक्तपुर ठिमी एरियामा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको ।
प्रारम्भिक अनुसन्धानका क्रममा निजहरुले अन्य ३ जना समेतवाट ७० लाख लिई ठगी गरेको खुल्न आएको साथै सोही प्रकृतिका घटनाहरु पुन: दोहोरिन सक्ने सम्भावना रहेकोले समयमै सजग/सचेत रहन हुन सम्पुर्ण महानुभावहरुमा अनुरोध गरिएको छ।

पक्राउ परेका व्यक्तिहरु:-
नाम :- रामचन्द्र कुँवर
उमेर :- ३४ बर्ष
पेशा:
स्थायी वतन :- जिल्ला बागलुङ
बागलुङ न.पा. वडा नं.२ पयुपाटा कुँवर टोल
हाल: जि. ललितपुर ईमाडोल .१
नाम :- गणेश लामा
उमेर :- ३४ बर्ष
पेशा:-
स्थायी वतन :- जिल्ला काभ्रे पलाञ्चोक चौउरे
देउराली गाउँपालिका वडा नं. हाल: जि. ललितपुर ईमाडोल .१

मिति २०७६।११।०५ गते ।