"पटक पटक गुण्डागर्दिमा संलग्न ब्यक्ति पक्राउ "(2076-11-07)

घटना विवरण :
जिल्ला सिन्धुपाल्चोक जुगल गा.पा वडा नं.३ बोल्दे घर भएका पासलाल तामाङ समेतका ब्यक्तिहरुले बलेफी हाईड्रोपावर काम गर्ने ठेकदार र अरु ब्यक्तिहरुलाई पनि हातहतियार देखाई ज्यान मार्ने, हात खुट्टा भाँचिदिने तथा धाक-धम्की समेत दिई त्रास पैदा गर्ने जस्ता कार्यमा संलग्न रही फरार रहेको र महिला समेत लाई अभद्र ब्यबहार गरेको सुचनाको आधारमा मिति २०७६।११।०६ गते यस महाशाखाबाट खटिएको बिशेष प्रहरी टोलीले निजलाई खोजतलास गर्दा का.जि.जडिबुटी बाट पक्राउ गरी अभद्र ब्यबहार सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान कार्वाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको ।
पक्राउ परेको व्यक्ति :-
नाम :- पासलाल तामाङ
उमेर :- ३७ बर्ष
स्थायी ठेगाना :- जि. सिन्धुपाल्चोक , जुगल गा.पा.वडा नं. ३ बोल्दे
हालको ठेगाना :- का.जि.का.म.न.पा. जोरपाटी
अनुसन्धानमा खुल्न आएका कुराहरु :-
१. कर्तब्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा करिब १८ महिना जेल भुक्तान भई छुटेको ।
२. सिन्धुपाल्चोक जिल्लामा ज्यान मार्ने उद्योग मुद्दामा सेमत संलग्न रही फरार रहेको भन्ने बुझिन आएको ।

मिति :- २०७६।११।०७ गते ।