“टर्कि र ग्रीस पठाईदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”(2076-11-11)

घटना विवरण
जिल्ला मोरङ रतुवामाई न.पा.वडा नं. ०६ बुधबारे घर भई हाल का.जि.का.म.न.पा. वडा नं.६ चुच्चेपाटी बस्ने कस्यप नाथ उपध्याय पोखरेलको छोरा बर्ष ५२ को कमल प्रसाद पोखरेलले वैदेशिक रोजगारको सिलसिलामा टर्कि र ग्रीस वर्किङ भिषामा आकर्षक तलव हुन्छ भनि विभिन्न प्रलोभनमा पारी विश्‍वास दिलाई विभिन्न मितिहरुमा ३२ जना व्यक्तिहरुसमेतको जम्मा नगद रु.३९,५६,०००/-(अक्षरुपी उन्नचालिस लाख छप्पन्न हजार ) लिई सम्पर्क विहीन भई फरार भई अलपत्र पारी रकम ठगी गरेको भनि गोपि राम पराजुलिले यस कार्यालयमा मिति २०७६/१०/१२ गते जाहेरी दिएकोमा यस महाशाखाबाट खटिएको प्रहरी टोलीले निज कमल प्रसाद पोखरेललाई खोज तलास गर्ने क्रममा मिति २०७६/११/०८ गते अन्दाजी १६:०० बजेको समयमा का.जि.का.म. न.पा. वडा नं. -१२ टेकुमा फेला पारी पक्राउ गरी मिति २०७६/११/११ गते वैदेशिक रोजगार विभाग बुद्वनगर,काठमाण्डौमा आवश्‍यक अनुसन्धान तथा कारवाहीको लागी पठाईएको ।


पक्राउ परेको व्यक्ति :
नामथर:- कमल प्रसाद पोखरेल
उमेर :- ५२ बर्ष
ठेगाना :- जिल्ला मोरङ रतुवामाई न.पा.वडा नं. ०६ बुधबारे
हाल:- का .जि.का.म.न.पा.चुच्चेपाटि
पक्राउ मिति :- २०७६।११।०८ गते


मिति :-२०७६।११।११ गते ।