“रेड पाण्डाको छाला सहित पक्राउ”(2076-11-13)

घटना विवरण:-

काठमाण्डौंको कपन खरिबोट एरियामा सुर्य बहादुर भुजेल समेतका ब्यक्तीहरुले दुर्लभ बन्यजन्तु रेड पाण्डाको छाला अबैध रुपमा ओसारपसार गरी ल्याई अबैध बिक्री गर्ने गरेको भन्ने गोप्य सुचनाको आधारमा सुर्य बहादुर भुजेल समेतका मानिसहरुलाई खोजतलास गर्दै जाने क्रममा मिति २०७६/११/१२ गते दिउसो अं १५:३० बजेको समयमा जि.काठमाण्डौं बुढानिलकण्ठ न.पा. वडा नं १२ कपन खरिबोट स्थितमा सुर्य बहादुर भुजेल, सुक बहादुर लामा, कमला तामाङ र युबराज सापकोटालाई फेला पारी निजहरुको शरीर खानतलासी गर्ने क्रममा सुर्य बहादुर भुजेलले पछाडी बोकेको कालो रंगको ब्याग भित्र निलो प्लाष्टिकमा बेरिएको अबस्थामा दुर्लभ बन्यजन्तु रेड पाण्डाको छाला थान १ फेला पारी पक्राउ गरी आबश्यक कारवाहीको लागि जिल्ला बन कार्यालय हात्तीसार काठमाण्डौं पठाईएको ।

पक्राउ मानिसहरु:-
१) नाम:– सुर्य बहादुर भुजेल
उमेर :– ३९ बर्ष
ठेगाना:– जिल्ला सिन्धुली तिनपाटन गा.पा. वडा नं. ४ बालाजोर
हाल :- जिल्ला काठमाण्डौं कपन पैयुटार

२) नाम:– सुक बहादुर लामा
उमेर :– ४० बर्ष
ठेगाना:– जिल्ला धादिङ धुनिबेसी न.पा. वडा नं ७ झाप्रे
हाल :– जि. ललितपुर ढोलाहिटी

३) नाम:– युबराज सापकोटा
उमेर :– ३७ बर्ष
ठेगाना:– जिल्ला कास्की मादी गा.पा. वडा नं ८ तारकाङ
हाल :– का.जि. गौशला
४) नाम:– कमला तामाङ
उमेर :– ४० बर्ष
ठेगाना:– जिल्ला काठमाण्डौं बुढानिलकण्ठ न.पा. वडा नं १३ कपन

बरामद सामानहरु:-
१.रेड पाण्डाको छाला थान १ ।

मिति २०७६/११/१३ गते ।