“फ्रान्स पठाईदिन्छु भनी ठगी गर्ने महिला पक्राउ”(2076-11-14)

घटना विवरण:
जिल्ला रुपन्देही दुधराक्ष गा.वि.स..वडा नं. ०५ घर भई हाल का.जि.तारकेश्वर न.पा. वडा नं.१९ बासुकिनाग मार्ग मनमैजु बस्ने गंगा बहादुर छन्त्यालको छोरी भुपाल श्रीषको श्रीमती बर्ष ४३ की पुर्णिमा श्रीषले वैदेशिक रोजगारको सिलसिलामा फ्रान्समा ( प्याकिङ फुड ) कामको लागि आकर्षक तलव हुन्छ भनि विभिन्न प्रलोभनमा पारी विश्‍वास दिलाई विभिन्न मितिहरुमा ३ जना व्यक्तिहरुसमेतको जम्मा नगद रु.३८,५०,०००/-(अक्षरुपी अठ्तिस लाख पचास हजार ) लिई सम्पर्क विहीन भई रकम ठगी गरेको भनि शिर बहादुर थापा समेतले यस कार्यालयमा मिति २०७६/१०/२८ गते जाहेरी दिएकोमा यस महाशाखाबाट खटिएको प्रहरी टोलीले निज पुर्णिमा श्रीषलाई खोज तलास गर्ने क्रममा मिति २०७६/११/१४ गते अन्दाजी १६:०० बजेको समयमा का.जि.तारकेश्वर वडा नं. -१९ बासुकिनाग मार्ग मनमैजुमा फेला पारी पक्राउ गरी मिति २०७६/११/१५ गते महानगरीय प्रहरी परिसर,काठमाण्डौमा आवश्‍यक अनुसन्धान तथा कारवाहीको लागी पठाईएको ।

पक्राउ परेकि महिला :
नामथर:- पुर्णिमा श्रीष
उमेर :- ४३ बर्ष
ठेगाना :- जिल्ला रुपन्देही दुधराक्ष गा.वि.स..वडा नं. ०५
हाल:- का.जि.तारकेश्वर न.पा. वडा नं.१९ बासुकिनाग मार्ग मनमैजु
पक्राउ मिति :- २०७६।११।१४ गते