"US एम्बेसीको एजुकेटिभ म्यानेजर हुँ भनि नक्कलि परिचय पत्र देखाई ठगि गर्ने व्यक्ति पक्राउ "(2076-11-16)

घटना विवरण :
अमेरिका पठाउने विश्‍वास दिलाउन बिभिन्न ब्यक्तिहरुलाई आफु काठमाण्डौ स्थित अमेरकी राजदुताबासको कर्मचारी भएको बताई सो को बिश्वासमा पारी लाखौ रकम लिई ठगी गर्दै आएका जिल्ला सिन्धुपाल्चौक मेलम्ची न.पा.वडा नं.९ ज्यामिरे डाँडागाउँ घर भई हाल का.जि.कागेश्‍वरी मनोहरा न.पा.वडा नं.७ थली बस्ने बर्ष ४१ को बिकाश भन्ने केदार खड्कालाई महानगरीय अपराध महाशाखा टेकु बाट खटिएको प्रहरी टोलिले मिति २०७६।११। १५ गते दिउसो अन्दाजी १६:३० बजेको समयमा जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं.७ चाबाहिलमा फेला पारी पक्राउ गरेको छ। प्रतिवादीलाई थप आवश्यक कारवाहीको लागि महानगरिय प्रहरी परिसर टेकु काठमाण्डौंमा पठाइएको ।

पक्राउ परेको व्यक्तिको बिवरण :-
१.नाम थर :- बिकास भन्ने केदार खड्का
उमेर :- ४१ बर्ष
स्थायी ठेगाना :- जि. सिन्धुपाल्चोक ,मेलम्ची न.पा . वडा नं. ९ ज्यामिरे
हालको ठेगाना :- का.जि.कागेश्वरी मनोहरा न.पा.वडा नं.७ थली


मिति :- २०७६।११।१६ गते ।