" जिउदो सालक सहित मानिस पक्राउ "(2076-11-16)

घटना विवरण :
संरक्षित बन्यजन्तु सालकको अवैध ओसारपसार तथा बिक्रीबितरण गर्ने कार्यमा संलग्न रहेका निम्न ब्यक्तिहरुलाई का.जि.का.म.न.पा.वडा.नं.११ सुन्धारा सिभिल मल अगाडि बाट जिउदो सालक सहित मिति २०७६।११।१५ गते १५:०० बजेको समयमा पक्राउ गरी आवश्यक कारवाहिको लागी मिति २०७६।११।१६ गते जिल्ला वन कार्यालय हात्तीसार काठमाण्डौमा पठाइएको ।

पक्राउ परेको व्यक्तिहरु :-
१.नाम :- टिके तामाङ्
उमेर :- ३३ बर्ष
स्थायी ठेगाना :- जि. सिन्धुपाल्चोक ,मेलम्ची न.पा . वडा नं. ६ तारामाराङ्
हालको ठेगाना :-.जि.ललितपुर चापागाउँ

२.नाम :-अनिस तामाङ्
उमेर :-१९ बर्ष
स्थायी ठेगाना :-जि.मकवानपुर कैलाश गा.पा.वडा नं.५ पालुङ्
हालको ठेगाना :-जि.ललितपुर पाटनढोका

मिति :- २०७६।११।१६ गते ।