" कुख्यात ठग पक्राउ "(2076-11-18)

घटना विवरण :
भिम बहादुर भण्डारीको जाहेरीले बादी नेपाल सरकार प्रतिबादी जिल्ला बैतडी दशरथचन्द न.पा वडा नं.१ बस्ने रमेश बडु भएको ठगी मुद्दामा सम्मानित उच्च अदालत पाटनको मिती २०७५।०७।१६ गतेको फैसला अनुसार रमेश बडुलाई २ महिना ४ दिन कैद र २,५०,०००।–(दुई लाख पचास हजार ) जरिवाना तोकि फरार रहेको खुल्न आई यस महाशाखाबाट खटिएको प्रहरी टोलीले रमेश बडुलाई मिति २०७६।११।१८ गते ललितपर जिल्लाको नख्खु एरियामा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरी आजै काठमाण्डौ जिल्ला अदालतमा उपस्थित गराईएको।
निज प्रतिवादीले नेपाली सेनाको अहरी दमन सिंहदरबार गणमा कार्यरत सिपाही भिम बहादुर भण्डारीलाई आफुले रक्षा मन्त्रालयको सचिव समेतलाई चिनेको छु, शान्ति सेनामा पठाईदिने भनी बिश्वास दिलाई रु २,५०,०००।– बैकमा जम्मा गर्न लगाई लिई ठगी गरेको कसुरमा निजलाई यस महाशाखाबाट मिती २०७३।०१।२१ गते पक्राउ गरी महानगरीय प्रहरी परीसरमा पठाईएको। साथै निजले राष्ट्रिय अनुसन्धानमा जागिर लगाई दिन्छु भनी २ जना लाई २४ लाख ठगी गरेको बुझिएको।


पक्राउ परेका व्यक्ति:-
नाम :- रमेश बडु
उमेर :- ३२ बर्ष पेशा:- व्यापार
स्थायी वतन :- जिल्ला बैतडी दशरथचन्द्र व.पा वडा नं.१
हाल: जि.ल.पु नख्खु

मिति २०७६।११।१८ गते ।