“दुबई,मलेशिया पठाईदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”(2076-11-23)

घटना विवरण
जिल्ला धनुषा मिथिला विहारी न.पा. वडा नं. ०५ घर भई हाल का.जि. गौशला बस्ने रामईश्वर साहको छोरा बर्ष २४ को राधे साहले वैदेशिक रोजगारको सिलसिलामा दुबई, मलेशियामा वर्किङ भिषामा आकर्षक तलव हुन्छ भनि विभिन्न प्रलोभनमा पारी विश्‍वास दिलाई विभिन्न मितिहरुमा ९ जना व्यक्तिहरु समेतको जम्मा नगद रु.११,४२,२००/-(एघार लाख बयालीस हजार दुई सय मात्र) लिई सम्पर्क विहीन भई अलपत्र पारी रकम ठगी गरेको भनि दर्पनारायण चौधरी समेतले यस कार्यालयमा मिति २०७६/११/१३ गते जाहेरी दिएकोमा यस महाशाखाबाट खटिएको प्रहरी टोलीले निज राधे साहलाई खोज तलास गर्ने क्रममा मिति २०७६/११/२२ गते अन्दाजी १५:०० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं.-०८ पिङ्लास्थानमा फेला पारी पक्राउ गरी मिति २०७६/११/२३ गते महानगरीय प्रहरी परिसर काठमाण्डौ टेकुमा आवश्‍यक अनुसन्धान तथा कारवाहीको लागी पठाईएको ।

पक्राउ परेको व्यक्ति :
नामथर:- राधे साह
उमेर :- २४ बर्ष
ठेगाना :- जिल्ला धनुषा मिथिला विहारी न.पा.वडा नं. ०५
हाल:- का.जि.का.म.न.पा.गौशला
पक्राउ मिति :- २०७६।११।२२ गते


मिति :-२०७६।११।२३ गते ।