"हत्यामा संलग्न फरार अभियुक्त पक्राउ"(2076-11-27)

घटना विवरण:-

मिति २०७६/०४/२८ गते जिल्ला ललितपुर,ललितपुर महानगरपालिका वडा नं.-९ गुहे पोखरीमा जि.उदयपुर कटारी न.पा.-२ गरास घर भई ललितपुर बालकुमारी डेरा गरी बस्ने मुर्तीको काम गर्ने वर्ष -३३ को हरी खड्का मृत अवस्थामा फेला परेको घटना सम्बन्धमा, निजलाई मिति २०७६/०४/२५ गते शनिबार बेलुका अं.१९:०० बजे जि. मकवानपुर गढी गा.पा.-१ घर भई ललितपुर महानगरपालिका-९ बस्ने कुमार थिङ भन्ने मान कुमार थिङ सहितका व्यक्तिहरुले कुटपिट गरि हत्या गरि फरार भएको घटनामा संलग्न मध्येका जि.मकवानपुर गढी गा.पा. वडा नं.-१ पिङडाँडा घर भएको वर्ष -१९ को धने भन्ने आरुष थिङलाई मिति २०७६/११/२५ गते महानगरीय अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले जि.मकवानपुर गढी गा.पा.वडा नं.-१ पिङडाँडाबाट पक्राउ गरि आवश्यक कानुनी कारवाहीको लागी सम्मानित जिल्ला अदालत ललितपुर पठाईएको ।

पक्राउ अभियुक्त:
नाम : धने भन्ने आरुष थिङ
उमेर : १९ वर्ष
ठेगाना : जि. मकवानपुर गढी गा.पा. वडा नं. १ पिङडाँडा ।

मिति २०७६/११/२७ गते ।