“प्रहरी हुँ भनि ठगी गर्ने पक्राउ”

घटना विबरण:-
बैदेशिक रोजगारीमा लागी मकाउ जानको लागी कृण्ण चौधरीले ऐजेन्ट खुश्बु गुरुङलाई रकम बुझाएकोमा पठाउन नसकेपछी फिर्ता गर्नु पर्ने म असुल गरि दिलाई दिन्छु भनि आफुलाई महानगरीय प्रहरी अपराध महाशाखाको अ.स.ई. हुँ, कार्यालयमा गए तपाईलाई थुनामा राख्नु पर्ने हुन्छ म सबै केश मिलाई दिन्छु भनि धम्क्याई खुश्बु गुरुङ बाट नगद रु १००,०००।- असुल गरि पिडित कृण्ण चौधरीलाई नदिई ठगी गर्ने कार्यमा संलग्न रहेका जिल्ला सिन्धुपाल्चोक चौतारा सागांचोक नगरपालिका वडा न ६ गौराती घर भई हाल जिल्ला ललितपुर चापागाँउ बस्ने दिपेन्द्र अधिकारी भन्ने नारायण बि.क.लाई यस महाशाखाबाट खटिएको प्रहरी टोली मिति २०७५/०७/२१ गते ललिपुर गोदावरी नगरपालिका वडा न ११ चापागाँउबाट फेला पारी मुलुकी फौजदारी अपराध (संहिता) ऐन २०७४ परिच्छेद २१ को ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहिको लागी महानगरिय प्रहरी परिसर काठमाण्डौ पठाईएको ।

प्रतिवादी:-
१.नाम :- दिपेन्द्र अधिकारी भन्ने नारायण बि.क.
उमेर :- ३१ वर्ष
ठेगाना :- जि. सिन्धुपाल्चोक चौतारा सागाँचोकगढी न.पा. वडा नं ६ गौराती हाल जि. ललितपुर चापागाँउ बस्ने

बरामद सामानहरु:-
१. नगद रु १६,०००।-
२.नारायण बि.क. को मतदाता परिचय पत्र
३. NTC र Ncell को सिम कार्ड

मिति २०७५/०७/२५ गते ।