" NGO,INGO को प्रमुख भनी ठगी गर्ने ब्यक्ती पक्राउ " (मिति २०७७-०३-२६)

घटना विवरण :
जिल्ला सिन्धुपाल्चोक मेलम्ची न.पा वडा नं. ९ घर भई हाल काठमाण्डौ गोकर्णेश्वर न.पा ८ आरुबारी बस्ने घनश्याम कटुवालले जिल्ला धादिङ् घर भई हाल का.जि टोखा न.पा ३ आगमन टोल बस्ने हिरामाया तामाङ्लाई ग्रामिण बिकाश परियोजना अनामनगरमा ५ करोडको ठेक्का परेको छ ५० प्रतिशतको पार्टनरसिप बनाउछु भनी २० लाख ठगी गरेकोले निजलाई यस महाशाखा बाट खटिगएको टोलिले मिति २०७७।०३।२५ गते १५:००बजे काठमाण्डौ चुच्चेपाटी बाट पक्राउ गरी ठगी कसुरमा आवश्‍यक कारवाहीको लागी महानगरिय प्रहरी परिसर काठमाण्डौ पठाईएको।
साथै का.जि.का.म.न.पा वडा नं. ७ बस्ने नविन खड्कीलाई खाद्यन्न आपुर्ती सम्बन्धमा कोटेशन गर्ने भनी २३ लाख , का.जि टोखा न.पा वडा नं. ३ सरस्वती टोल बस्ने हरि कृष्ण श्रेष्ठ संग दुई वटा प्राईभेट गाडी लगी बेपत्ता बनाई ठगी गरेको ,का.जि का.म.न.पा कपन बस्ने हरिहर खनाललाई अफिसको लागी कम्प्युटर , ल्यापटप चाहियो भनी ७,३५,०००।– हजार ठगी गरेको र अन्य ब्यक्तीलाई समेत निज कटुवालले समाज परिवर्तन नेपालको प्रमुख हुँ भनी ठगी गरेको बुझिन आएको ।

पक्राउ परेका व्यक्ति:-
नाम :- घनश्याम कटुवाल ।
उमेर :- ४३ बर्ष ।
पेशा:-
स्थायी वतन :- जिल्ला सिन्धुपाल्चोक मेलम्ची न.पा वडा नं. ९ ।
हाल: जिल्ला काठमाण्डौ गोकर्नेश्‍वर न.पा ८ आरुबारी बस्ने ।

मिति २०७७।०३।२६ गते