“संरक्षित वन्यजन्तु भालुको पित्त सहित मानिस पक्राउ”(2077-03-28)

घटना विवरण :

संरक्षित वन्य जन्तु भालुको पित्तको अवैध रुपमा कारोबार भईरहेको सुचनाको आधारमा अपराध महाशाखाबाट मिति २०७७/०३/२८ गते खटिएको विशेष टोलीले काठमाण्डौं जिल्ला चन्द्रागिरी नगरपालिका-८,कल्याणपुर साउनेपानीमा तपशिलमा उल्लेखित नाम,थर,वतन भएका व्यक्तिहरुले भालुको पित्त भनि ३५ ग्राम भएको वस्तुलाई रु.२० लाखमा विक्री गर्न भनि साथमा लिई हिंडिरहेको अवस्थामा बरामद तथा पक्राउ गरि राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन-२०२९ अन्तर्गत आवश्‍यक अनुसन्धानको लागी जिल्ला वन कार्यालय हात्तीसार पठाईएको ।

 

पक्राउ अभियुक्त:
१.         नाम थर  : हरी बहादुर मोक्तान
            उमेर       :२७
            वतन      : जिल्ला मकवानपुर कैलाश गा.पा.-१ वरभंञ्याङ
 
२.         नाम थर  : राम बहादुर लामा
            उमेर       : २७
            वतन      : जिल्ला मकवानपुर कैलाश गा.पा.-२ डाँडाखर्क
 

मिति : २०७७/०३/२८ गते ।