“अपहरण भएको नाटक गर्ने व्यक्ति पक्राउ” (मिति २०७७/०४/०७)

घटना बिबरण
का.जि.का.म.न.पा.वडा नं.०४ चुनदेवि बस्ने वर्ष ३० को शक्तिराज रेग्मी मिति २०७७।०३।२४ गते देखि हराएकोमा अपहरण परेको हुन सक्ने भन्ने व्यहोराको निवेदन मिति २०७७।०४।०२ गते यस कार्यालयमा प्राप्त भएकोमा यस कार्यालयबाट अनुसन्धान तथा खोजतलास गर्ने क्रममा मिति २०७७।०४।०६ गते राती फेला परेको ।
प्रकाउ व्यक्ति
नाम   :- शक्तिराज रेग्मी
उमेर   :- ३० बर्ष
ठेगाना :- का.जि.का.म.न.पा.वडा नं.०४ चुनदेवि      
  • अनुसन्धानबाट खुल्न आएका कुराहरू:
  • मिति २०७७।०३।२४ गते विहान ०६:०० बजे शक्तिराज रेग्मी घरबाट निस्की सम्पर्क विहिन भई अपहरणको नाटक गरी का.जि.नयाँ बसपार्क स्थित सुगन्ध होटलमा केटीसँग बसेको अवस्थामा फेला परेको र निजलाई पक्राउ पर्ने बित्तिक्कै मौखिक रुपमा बुझ्दा निजले बिभिन्न ब्यक्तीहरूसँग जग्गा ब्यबसाय गर्छु भनि करोडौ रुपैयाँ लिएको भन्ने बुझिन आएको तथा पैसा तिर्नु नपरोस भनि अपहरणको नाटक गरेको बुझिएको हुँदा निज अपहरणमा नपरेको तथा प्रहरीलाई अनावश्यक हैरानी दिई राज्यको स्रोत साधनहरूको समेत दुरूपयोग भएकोले आवश्यक कारवाहीको लागि सम्बन्धित कार्यालयमा पठाईएको ।