“अबैध रुपमा हुण्डीको कारोवार गर्ने ब्यक्ति पक्राउ” (२०७७-०४-०९)

घटनाको छोटकरी विवरण :-
काठमाडौं उपत्यका भित्र गैरकानुनी तवरले हुण्डीको कारोवार गरी राजश्‍व छली गरिरहेका छन् भन्ने गोप्य सूचनाको आधारमा उपत्यकाका विभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा काठमाण्डौ विशाल बजार स्थितमा शंकास्पद रूपमा हिडिरहेका ढुण्डिराज न्यौपानेलाई नियन्त्रणमा लिई शरीर खानतलासी गर्ने क्रममा निजले बोकेको कालो रंगको झोला भित्र गैर कानुनी रुपमा हुण्डिको कारोवार गर्न लगिरहेको नगद रू. १९ लाख ९१ हजार र Viber मार्फत हुण्डिको कारोवार गरिएको बिवरण सहित मिति २०७७।०४।०९ गते पक्राउ गरी प्रारम्भिक अनुसन्धान पश्चात: थप अनुसन्धान तथा कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइने ।
पक्राउ अभियुक्त:-
१. नाम :- ढुण्डी राज न्यौपाने
उमेर :- ४० बर्ष
ठेगाना :- जि.स्याङ्जा, कालिगण्डकी गा.पा. वडा नं. ५ ताँप,
हाल :- का.जि.का.म.न.पा.-२९ सामाखुसी
पेशा :- कपडा व्यापारी (हाम्रो गणडकी ईन्टरप्रारईजेज,न्यूरोड )
बरामद सामानहरू:-
(१) नगद रू. १९ लाख ९१ हजार
(२) मोबाईल थान- १