“Courier मार्फत होम डेलिभरी गर्ने नाममा ठगि गर्ने संचालक पक्राउ” (मिति २०७७/०४/१२)

घटना विवरणः-

सामाजिक संजाल Facebook, Instagram  प्रयोगकर्ताहरुले दैनिक जिवनमा प्रयोग हुने सामानहरु होम डेलिभरीको लागी Sabizz courier Service ले सेवा दिदै आएकोमा उक्त अनलाईन सेवाले औषधी, मोबाईल, घडी, लेडिज कपडाहरु होम डेलीभरी गराई दिने भनी पिडितहरुलाई बिश्वासमा पारी रु. २,७९,९१०।- अनलाईन ठगि भएको भन्ने ब्यहोरा जाहेरी दरखास्तको आधारमा प्राबिधिक बिश्लेषणको माध्यामबाट अनुसन्धान गर्दा उक्त कार्यमा संलग्न Sabizz courier Service अनलाईन सेवाका संचालक जिल्ला धनुषा सवैला गाँउपालिका वडा नं.३ सवेला घर भई हाल ललितपुर जिल्ला महालक्ष्मी न.पा. वडा नं. ५ ईमाडोल बस्ने बर्ष २४ को धिरज शाहलाई ठगी मुद्धामा आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर काठमाण्डौंमा पठाईएको ।

      अनुसन्धानबाट खुल्न आएका कुराहरुः-
  • पिडितले बेबी कार सिट मगाउनको लागि E-sewa बाट रु. ९,०००।– (नौ हजार) पठाएकोमा सामान नल्याई रकम माग गर्दा नदिएको ।
  • पिडितलाई भारतको दिल्लीबाट साडि कुर्था , कपडाहरु नेपाल ल्याउनको लागि होम डेलीभरी गराई दिने भनी रु. ७७,७००।– दिएकोमा समान डेलीभरी नगरी ठगी गरेको ।
  • पिडितले सिको घडी मगाउनको लागी नगद रु ४९,५५०।– दिएकोमा सामान डेलिभरी नगरी ठगी गरेको ।
  • पिडितले Adidas’कम्पनीको जेन्स कपडा, जुत्ता होम डेलीभरीको लागी रु.१४,८७५।– दिएकोमा समान डेलीभरी नगरी ठगी गरेको ।
  • पिडितको औषधी, One plus 7 Pro मोबाईल अर्डर गरी होम डेलीभरीको लागी रु.७३,७८५।- दिएकोमा समान डेलीभरी नगरी ठगी गरेको ।
          पक्राउ ब्यक्तिको विवरणः-
          नामथरः- धिरज साह
          उमेरः- २४ बर्ष
          ठेगानाः- जिल्ला धनुषा सवैला गाँउपालिका वडा नं.३ सवैला
          हाल ललिपुर जिल्ला महालक्ष्मी न.पा. वडा नं. ५ ईमाडोल

          मिति २०७७-०४-१२ गते ।