“चेक रिपब्लिक पठाईदिन्छु भनि रकम ठगी गर्ने व्यक्ति पक्राउ”(२०७७-०४-१५)

घटना विवरण :
जिल्ला धादिङ निलकण्ठ न.पा. वडा नं. १२ बस्ने तुल बहादुर कमरको छोरा बर्ष २६ को रमेश कमरले चेक रिपब्लिक पठाईदिन्छु भनि बिभिन्न प्रलोभनमा पारी विश्वास दिलाई नगद रु. ११,१३,०००।– ( अक्षरुपी एघार लाख तेह्र हजार मात्र)  लिई रकम ठगी गरी सम्पर्क विहीन भई फरार रहेको भनि यस कार्यालयमा सूचना प्राप्त भएको ।

सो सम्बन्धमा प्रारम्भिक अनुसन्धान गर्दा निजले अन्य १५ जना व्यक्तिहरुबाट समेत विभिन्न देश पठाईदिन्छु भनि रु.१८,००,०००।–(अक्षरुपी अठार लाख मात्र ) विगो रकम ठगी गरेको खुल्न आएको हुँदा सो ठगी कार्यमा संलग्न रमेश कमरलाई यस महाशाखाबाट खटिइएको प्रहरी टोलीले मिति २०७७/०४/१४ गते दिउसो १२:३० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं.३ बसुन्धाराबाट पक्राउ गरी मिति २०७७।०४।१५ गते थप अनुसन्धानको लागी काठमाण्डौ प्रहरी परिसर पठाईएको ।

पक्राउ व्यक्ति:
      नाम थर  : रमेश कमर
      उमेर :२६ बर्ष
      वतन : जिल्ला धादिङ निलकण्ठ न.पा.वडा नं. -१२