“राजु गोर्खाली भन्ने राजेन्द्र बहादुर गोर्खाली पक्राउ”(2075-10-20)

गुण्डागर्दी नियन्त्रण तथा फरार अपराधि पक्राउ गर्ने यस महानगरीय अपराध महाशाखाको अभियान अन्र्तगत बिगत १ बर्ष देखी काठमाण्डौ मलको शिवलक्ष्मी कोजुको नाउको ठेक्का आफूले अलिखित रुपमा स्वकिार गरी काठमाण्डौ मलका ब्यापारीहरु सुष्मा महरा, मुनिन्द्र बस्नेत, अजिता सिटौला, दिल बहादुर थापा लगायत ६ जना ब्यक्तिहरुको पसलमा जवरजस्ती ताला लगाएर बिगत ३ महिना देखी अनाधिकृत कब्जा एबं काठमाण्डौ मलका ब्यापारीहरुलाई डर, धाक धम्की दिई पसल खाली गर्न लगाउने र अन्य ब्यापारीबाट सलामी बापत धैरै रकम लिई अन्यलाई भाडामा दिने जस्ता कानून बिपरीतका क्रियाकलाप गरेको राजु गोर्खाली भन्ने राजेन्द्र बहादुर गोर्खालीलाई मिति २०७५।१०।२० गते का.जि.का.म.न.पा.वडा नं.१० बानेश्वरबाट पक्राउ गरी अपराधिक ठगी तथा कब्जा एबं संगठित अपराध अन्र्तगत अनुसन्धान शुरु गरिएको ।

पक्राउ अभियुक्त :- 

 १. नाम :- राजु गोर्खाली भन्ने राजेन्द्र बहादुर गोर्खाली 

 उमेर :- ५० वर्ष । 

ठेगाना :- का.जि.का.म.न.पा.वडा नं.७ चावहिल 

अपराधिक पृष्ठभुमी

राजन लिम्बुलाई रोयल डिस्कोमा तरवारले घाँटी काटेर हत्या गरेको र १० बर्ष कैद संजाय भएको ।

२०५५ सालमा ठमेल एरियामा गुण्डागर्दी गरेकोले सार्वजनिक अपराध मुद्दामा पक्राउ परेको ।