"अवैध लागु औषध खैरो हेरोईनको कारोवार गर्ने व्यक्तिहरु पक्राउ" (2075-10-27)

   

 घटना विवरण:         

 अवैध लागु औषध खैरो हेरोईनको कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाका आधारमा खोजी गर्दै जाँदा मिति २०७५।१०।२६ गते  जि.कैलाली वर्द गोरिया गाउँपालिका वडा नं.-१ बस्ने वर्ष-२४ को ऐकेन्द्र शाही र ऐ.जिल्ला घोडाघोडी नपा-६ बस्ने वर्ष-२३ को कृष्ण भण्डारीले बिक्री वितरण गर्ने उद्देश्यले का.जि.का.म.न.पा.-२६ स्थितमा रहेको सगरमाथा गेष्टहाउसको कोठा नं.-१०३ मा राखेको अवस्थामा फेला पारी निजको शरिर खानतलासी गर्दा २२ ग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने खैरो पदार्थ सहित महानगरीय अपराध महाशाखाको विशेष प्रहरी टोलीले पक्राउ गरि आवश्यक कानुनी कारवाहीको लागि मिति २०७५/१०/२७ गते महानगरीय प्रहरी परिसर काठमाण्डौं पठाईएको ।   

पक्राउ अभियुक्तहरु: 

 १) नाम थर  : ऐकेन्द्र शाही                                         

उमेर      : २४ बर्ष  

वतन      : जि.कैलाली वर्द गोरिया गाउँपालिका वडा नं.-१
 

२ ) नाम थर  : कृष्ण भण्डारी                                         

   उमेर      : २३ बर्ष      

    वतन     :  जि.कैलाली घोडाघोडी नपा-६

         

     मिति :- २०७५।१०।२७ गते ।