“आशिष मगर हत्याका मुख्य अभियुक्त पक्राउ”(2077-07-20)

घटना विवरण :
मिति २०७७/०७/१४ गते जि.गोरखा अजिरकोट नगरपालिका स्थायी घर भई का.जि. धापासी हाईट बस्ने वर्ष-२५ को आशिष मगरलाई का.जि.टोखा न.पा.-५ देवि मन्दिरमा रुपेश आले मगर लगायतको समुहले छातीमा छुरा प्रहार गरि गम्भिर घाईते भएको अवस्थामा उपचारको लागी चिरायु अस्पतालमा लगिएकोमा मृत्यु भएको ।
मिति २०७७/०७/१३ गते मृतक आशिष मगरको समुह र रुपेश आले मगरको समुहबिच केटी साथीको बिषयमा विवाद भएको र सोही विवादलाई लिएर मिति २०७७/०७/१४ गते का.जि.टोखा न.पा.-५ देवी मन्दिरमा पुन: ग्याङ फाइट गर्ने उद्देश्यले एक समुहले अर्को समुहलाई फोन गरी बोलाई झडप भएको र सोही क्रममा रुपेश आले मगरले आफुसंग भएको छुरीले आशिष मगरलाई छातीमा प्रहार गरी तुरुन्तै घटनास्थलबाट भागी हिँडेको र धरानसम्म पुगेकोमा यस महाशाखाको टोलीले निरन्तर अनुसन्धान तथा Follow up बाट निज रुपेश आले मगरलाई मिति २०७७/०७/१८ गते १७:०० बजे जि. सुनसरी धरान उप-म.न.पा-८ भानुचोकबाट पक्राउ गरी ल्याई थप अनुसन्धानबाट घटनामा प्रयोग भएको छुरी का.जि.का.म.पा.-३ बाँसबारी क्लब, गंगा गल्ली स्थीत तरकारीबारीबाट बरामद गरी निजलाई थप अनुसन्धान कार्यको लागी महानगरीय प्रहरी वृत महाराजगंज पठाएको ।
घटनामा संलग्न रहेका अन्य तिन जनालाई मिति २०७७/०७/१५ गते नै पक्राउ गरी आवश्यक अनुसन्धान भई रहेको ।
पक्राउ अभियुक्त:
नाम:रुपेश आले मगर
उमेर: २० वर्ष
ठेगाना: जि.उदयपुर गाईघाट
मिति:-२०७७।०७।२० गते ।