"आफ्नै साथीको हत्यामा संलग्न फरार अभियुक्त पक्राउ"(2077/07/23)

मिति २०७६/०४/२८ गते जिल्ला ललितपुर, ललितपुर महानगरपालिका वडा नं.-९ गुहे पोखरीमा जिल्ला उदयपुर कटारी न.पा.-२ गरास घर भई ललितपुर बालकुमारी डेरा गरी बस्ने मुर्ती बनाउने काम गर्ने वर्ष -३३ को हरी खड्काको हत्या गरेको अवस्थामा लाश फेला परेको घटनामा संलग्न रहेका जि.मकवानपुर गढी गाउँपालिका वडा नं.-१ बस्ने वर्ष-२८ को कुमार भन्ने मान कुमार थिङलाई महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले जि.मकवानपुर गढी गाउँपालिका वडा नं.-१ ठाँटिटोलबाट पक्राउ गरिएको ।
घटनाको अनुसन्धानका क्रममा, मृतक हरि खड्का र मान कुमार थिङविच अं.८/९ वर्ष अगाडिदेखी मुर्ती बनाउने काम गर्ने क्रममा एक आपसमा चिनजान भएको । सोही क्रममा मृतकको श्रीमती र कुमार भन्ने मान कुमार थिङ बिचमा समेत चिनजान भई मोवाईलमा Message आदान प्रदान भएको कुरा मृतकले थाहा पाई सोही विषयमा विवाद भएको । मिति २०७६/०४/२५ गते जि.ललितपुर महानगरपालिका वडा नं.-९ गुहे पोखरीमा मृतक हरि खड्कालाई बोलाई कुमार भन्ने मान कुमार थिङ समेतका व्यक्तिहरुले कुटपिट गरेर हत्या गरी तत्काल फरार भई भारत तथा नेपालका विभिन्न स्थानहरूमा लुकीछिपी बसेकोमा घटनामा संलग्न धने भन्ने आरुष थिङ,मृतककी श्रीमती विष्णु खड्का,दिपक बम्जन, राज बम्जन तथा सागर वाईवालाई महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले पहिला नै पक्राउ गरि आवश्यक कानुनी कारवाही भईरहेको र घटनाका मुख्य अभियुक्त कुमार भन्ने मान कुमार थिङलाई यस महाशाखाको निरन्तर Follow up तथा अनुसन्धान पश्चात् पक्राउ गरी आवश्यक कानुनी कारवाहीको लागी महानगरीय प्रहरी परीसर ललितपुर पठाइएको ।
पक्राउ अभियुक्त:
नाम : कुमार भन्ने मान कुमार थिङ
उमेर : २८ वर्ष
ठेगाना : जि.मकवानपुर गढी गा.पा. वडा नं. १ ठाँटिटोल ।