“ दुर्लभ बन्यजन्तु रेड पाण्डाको छाला सहित ६ जना व्यक्तिहरु पक्राउ ”(2077/07/23)

जिल्ला ललितपुर ईमाडोल एरियामा केही व्यक्तिहरुले प्रतिबन्धित दुर्लभ रेड पाण्डाको छाला अबैध रुपमा बिक्रि वितरण गर्नको लागी लुकाई छिपाई ल्याई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा मिति २०७७/०७/२१ गते ललितपुर जिल्ला महालक्ष्मी न.पा. वड नं. ०४ ईमाडोल स्थित दिपक लिम्बुको कोठाबाट अं.३ फिट ३ ईन्च लम्बाई र १ फिट चौडाई भएको प्रतिबन्धित दुर्लभ रेड पान्डाको छाला बिक्रि वितरण गर्ने उद्येश्यले लिई आएका निम्न व्यक्तिहरुलाई प्रतिबन्धित छाला सहित महानगरीय अपराध महाशाखाबाट खटि गएको बिशेष अनुसन्धान टोलीले पक्राउ गरि आवश्यक कारबाहिको लागी मिति २०७७/०७/२३ गते जिल्ला बन कार्यालय ललितपुर पठाईएको ।
पक्राउ मानिसहरु:-
१) नाम:– सुनिल गोले
उमेर :– ४३ बर्ष
ठेगाना:– जिल्ला सि.पा. जुगल गा.पा. वडा न २
हालको ठेगाना:- जिल्ला सि.पा. जुगल गा.पा. वडा न २
२) नाम:– प्रकाश तामाङ
उमेर :– २४ बर्ष
ठेगाना:– जिल्ला सि.पा.बलेफी गा.पा. वडा न ४
हालको ठेगाना:- जिल्ला भक्तपुर ठिमी
३) नाम:– सन कुमार राई
उमेर :– ४१ बर्ष
ठेगाना:– जिल्ला भोजपुर ट्याम्केमैयु गा.पा. वडा न २
हाल को ठेगाना :- ललितपुर टिकाथली
४) नाम:– सोनाम राई
उमेर :– १८ बर्ष
ठेगाना:– जिल्ला खोटाङ दिक्तेल न.पा. वडा न ३
हालको ठेगाना:- ललितपुर टिकाथली
५) नाम:– दिपक लिम्बु
उमेर :– ३५ बर्ष
ठेगाना:– जिल्ला ताप्लेजुङ फक्तङलुङ गा.पा. वडा न ४
हालको ठेगाना:- ललितपुर ईमाडोल
६) नाम:– अम्बर बहादुर तामाङ
उमेर :– २४ बर्ष
ठेगाना:– जिल्ला सिन्धुली तिनपाटन गा.पा. वडा न ३
हालको ठेगाना:- ललितपुर , ईमाडोल
बरामद सामानहरु:-
१. रेड पाण्डाको छाला थान १ ।-
२. बिभिन्न ब्राण्डका मोवाईल थान ७ ।-