"१६ वर्ष पछि कर्तव्य ज्यानका फरार अभियुक्त पक्राउ" 2077-07-24

 जिल्ला चितवन कठार गा.वि.स.वडा नं.-४ घर भै तत्काल का.जि.रानिबारी डेरा गरी बस्ने वर्ष-१८ को जीवन लोहनीले प्रकाश लामाले कानमा लगाएको मुन्द्रा मागेको र प्रकाश लामाले नदिएपछि जीवन लोहनीले प्रकाश लामालाई कुटपिट गरेको निहुँमा मिति २०६१/१०/११ गते साँझ अं.०८:०० बजेको समयमा का.जि.का.म.न.पा-२९ सामाखुशीमा जीवन लोहनीको कर्तव्य गरी हत्या गरेको घटनामा संलग्न रही सम्मानित जिल्ला अदालत काठमाण्डौंको मिति २०६४/०३/११ गतेको फैसलाले कैद सजाय तोकिएका तत्काल फरार रहेका जि.झापा मेचीनगर नगरपालिका-७ आर्यावारी स्थायी घर भएको वर्ष-३३ को हरि गिरी भन्ने राम कुमार गिरी घटना पश्चात् केही समय विदेशमा समेत बसी पुन: नेपाल आई सनोज गिरीको नामबाट नेपालका विभिन्न स्थानमा लुकीछिपी बस्ने गरेकोमा नियमित Follow up का क्रममा यस महाशाखाबाट खटिएको बिशेष टोलीले जि.भक्तपुर चाँगुनारायण नगरपालिका-७ बाट मिति २०७७/०७/२४ गते पक्राउ गरी आवश्यक कारवाहीको लागी सम्मानित काठमाण्डौं जिल्ला अदालत बुझाईएको ।

पक्राउ अभियुक्त:

नाम                  :  हरि गिरी,सनोज गिरी भन्ने राम कुमार गिरी

उमेर                  :  ३३ वर्ष

ठेगाना                : जि.झापा मेचीनगर नगरपालिका-७ आर्यावारी ।