“फोनबाट धम्क्याई आपराधिक लाभ (Extortion) लिन खोज्ने समूहका व्यक्तिहरु पक्राउ”(2077-07-25)

घटना विवरण:-

काठमाण्डौं उपत्यका लगायतका बिभिन्न स्थानमा बस्ने व्यवसायीहरुलाई फोन गरी ने.क.पा. माओवादी,  बिप्लव समुहको पुर्व जिल्ला सेक्रेटरी र  कार्यकर्ता हौ भनि रु.३ करोड चन्दा माग गर्ने, माग बमोजिम चन्दा नदिएमा भौतिक कारवाही समेत गर्ने धम्की दिई व्यवसायीहरुको कार्यरत कार्यालय र बसोबास गर्ने स्थानको निगरानी गरी जबरजस्ती रकम माग गरेको भन्ने यस महाशाखामा सूचना प्राप्त भए अनुसार अपराध महाशाखाबाट खटिएको विशेष प्रहरी टोलिले उक्त कार्यमा संलग्न व्यक्तिहरुको अनुसन्धान तथा खोजतलास गर्ने क्रममा मिति २०७७।०७।२४ गते काठमाण्डौं जिल्लाका बिभिन्न स्थानहरुबाट निम्न व्यक्तिहरुलाई पक्राउ गरि प्रारम्भिक अनुसन्धान पश्चात, आपराधिक लाभ लिन नहुने कसुर (Extortion) मा मुद्धा दर्ता गरी  सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट ३ दिनको म्याद समेत प्राप्त भई  महानगरीय प्रहरी परिसर, काठमाण्डौबाट थप अनुसन्धान कार्य भैरहेको ।

पक्राउ परेका व्यक्तिहरु:-

१.नामथर :- बिन्तोष सिलवाल (सुनार)
उमेर:- ३३ बर्ष
ठेगाना :- जि.नुवाकोट, ककनी गा.पा.वडा नं.०२
 
२.नामथर :- रामदल श्रेष्ठ (अटल)
उमेर   :- ३१ बर्ष
ठेगाना  :- जि.रामेछाप, सुनापती गा.पा.०३
 
३.नामथर :- तिर्थमान तामाङ
उमेर    :- ५२ बर्ष
ठेगाना  :- जि.काभ्रे, तिमाल गा.पा.वडा नं.०५
 
४.नामथर :- नन्दुराज आचार्य
उमेर    :- ४२ बर्ष
ठेगाना  :- जि.चितवन, भरतपुर म.न.पा.वडा नं.१३