“प्रहरी भनि सर्बसाघारण व्यक्तिहरु लाई धाक धम्की दिने समूह पक्राउ”(2077-07-26)

घटना विवरण :

मिति २०७७।०७।२५ गते का.जि.का.म.न.पाबालाजु माछापोखरी एरियामा केही ब्यक्तिहरुले आफूलाई प्रहरीको ईन्सपेक्टर हुँ भनि सर्बसाधारण मानिसहरुलाई धम्की दिई रकम माग गरी दुःख हैरानी दिई अशान्ति श्रृजना गरेको भन्ने सूचना प्राप्त भएकोले यस अपराध महाशाखाको टोली खटिई अपराधिक क्रियाकलापमा संलग्न रहेका त्यस्ता अपराधिक ब्यक्तिहरुको सूचना संकलन गरी निग्रानी राखी अपराधिक क्रियाकलापमा संलग्न भएका व्यक्तिहरु पक्राउ गरी आवश्यक कारबाहिको लागि महानगरिय प्रहरी बृत्त बालाजु पठाईएको । 

पक्राउ अभियुक्तहरु:
१. नाम थर : रमेश तामाङ
  उमेर      :२३ बर्ष
  वतन      : जिल्ला नुवाकोट तादी गाउँपालिका वडा नं. ८ घर भई
                  हाल का.जि. तारकेश्वर न.पा. वडा नं. ३
२. नाम थर: तुल बहादुर मगर 
     उमेर  :    ३३ बर्ष
     वतन :    जिल्ला दोलखा मेलुङ गाउँपालिका वडा नं. ५
                 डाँडाखर्क घर भई का.जि. वनस्थली ढुङ्गेधारा
३. नाम थर:   गुविराम घले
      उमेर:     ३६  बर्ष
      वतन :   जिल्ला नवलपरासी कावासोती न.पा. वडा नं. १२
      पिठौली घर भई का.जि.स्वयम्भु 

मिति २०७७।०७।२६ गते ।