“कुवेत पठाईदिन्छु भनि रकम ठगी गर्ने व्यक्ति पक्राउ”(2077-07-28)

घटना विवरण :

 जिल्ला मोरङ ग्रामथाम गा.पा. वडा नं.-०५ तेतरिया घर भई हाल का.जि. नयाँ वानेश्‍वर, शान्तिनगर बस्ने बर्ष ४२ को बुधनारायण चौधरी समेतले आफूहरुलाई का.जि.का.म.न.पा.-०८ गौशाला स्थित राज देवी ईन्टरनेश्‍नल प्रा.लि.को कर्मचारी भएको र वैदेशिक रोजगारको लागी कुवेत पठाईदिन्छु भनि बिभिन्न प्रलोभनमा पारी विश्वास दिलाई प्रतिव्यक्ति रु. २,००,०००/–   ( अक्षरुपी दुई लाख मात्र ) सम्म रकम उठाई ७० जना भन्दा बढी व्यक्तिहरुलाई ठगी गरि सम्पर्क विहीन भई फरार रहेको भनि कमल कुमार माझी  समेतले यस कार्यालयमा जाहेरी दिएको सम्बन्धमा उक्त ठगी कार्यमा संलग्न बुधनारायण चौधरीलाई पक्राउ गरी मिति २०७७/०७/२८ गते थप अनुसन्धान तथा कारवाहीको लागी महानगरीय प्रहरी परिसर, काठमाण्डौमा पठाईएको ।

    पक्राउ व्यक्ति:
     १. नाम थर   :  बुधनारायण  चौधरी
          उमेर       :  ४२ बर्ष
          वतन      :  जिल्ला मोरङ ग्रामथान गा.पा. वडा नं.-५, तेतरिया
           हाल      :  का.जि.नयाँ वानेश्‍वर ,शान्तिनगर ।
 
मिति २०७७।०७।२८ गते ।