“फरार प्रतिवादी १६ बर्षपछि पक्राउ” (२०७७/०८/०३)

प्रतिवादी जगन्नाथ ढकाल समेतका व्यक्तिहरुको समुहले मिति २०६१।०६।०७ गते काठमाण्डौको जडिवुटीमा पिडितलाई नियन्त्रणमा लिई मुखमा टेप लगाई वोल्न कराउन नदिई जवरजस्ती भ्यानमा राखी एकान्तस्थानमा लगी पिडितको साथमा रहेको नगद, मोटरसाईकल र मोवाईल समेत गरी जम्मा रु.११,६३,९००।- बराबरको धनमाल डाँका गरेको घटनामा संलग्न रहेका प्रतिवादी जगन्नाथ ढकाल सोही समय देखी फरार रही विदेशमा गई बसेको र पछिल्लो समयमा नेपाल आई लुकिछिपी बसेको अवस्थामा यस महाशाखाबाट खटिएको विशेष टोली, जि.प्र.का. मकवानपुर र ई.प्र.का. पशुपतिनगरबाट खटिएको सयुक्त टोलीले मिति २०७७।०८।०१ गते दिउँसो जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. ७ नागसोतीबाट निज फरार प्रतिवादी जगन्नाथ ढकाललाई पक्राउ गरी ल्याई फैसला कार्यान्वयनको लागि आजै काठमाण्डौ जिल्ला अदालत पठाईएको ।
पक्राउ ब्यक्ती :-
नाम थर : जगन्नाथ ढकाल ।
उमेरः- ३९ बर्ष ।
ठेगानाः- जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. ७ नागसोती बस्ने ।
घटना विवरण :
१. मिति २०६१।०६।०७ गतेका दिन जाहेरवाला नारायण खनाल बनेपा मिटिङबाट बा.१६ प. ६८२१ नम्वरको मोटरसाईकलमा फर्कदै गरेको अवस्थामा का.जि. जडिवुटीमा आईपुग्दा तत्काल नाम थर नखुलेका ५ जना व्यक्तिहरुले हामी सुरक्षाकर्मी हौं भनि मोटरसाईकल रोकी नारायण खनाललाई वोल्न कराउन नदिई मुखमा टेप समेत लगाई भ्यान भित्र राखी एकान्तस्थानमा लगी निजले ब्यागमा बोकेको नगद रु. १०,२५,०००।-, निजको साथमा रहेको मोवायल र चढि आएको बा.१६प. ६८२१ नम्वरको पल्सर मोटरसाईकल समेत गरी जम्मा रु.११,६३,९००।- विगो बराबरको धनमाल डाँका गरेको ।
२. घटनाको अनुसन्धानको क्रममा उक्त घटनामा जगननाथ ढकाल समेत ११ जना व्यक्तिहरुको संलग्नता रहेको खुल्न आई प्रतिवादी कायम भएको ।
३. मिति २०६३।११।१३ को पुनरावेदन अदालत पाटनको आदेशले निजलाई थुनामा राख्ने आदेश भएपछि निज तारेख गुजारी बसेकोमा मिति २०६४ साल भदौ ६ गतेको काठमाण्डौ जिल्ला अदालतको फैसलाले निज प्रतिवादी जगन्नाथ ढकाललाई ६ बर्ष कैद र जरिवाना रु. १,९६,६५०।- सजाय हुने गरी फैसला भएको ।
मिति:-२०७७।०८।०३ गते ।