“नक्कली परीक्षार्थी बनी EPS परीक्षा पास गराउने व्यक्ति पक्राउ ” 2077-09-09

जिल्ला रामेछाप खाँडादेवी गा.पा. वडा नं.-०८ स्थायी घर भई हाल जिल्ला काभ्रेपलाञ्चोक पनौती न.पा. वडा नं.-०७ नयाँ बस्ती बस्ने रोज बहादुर तामाङ समेतले कोरियन भाषाको EPS परीक्षामा सहभागी हुने परीक्षार्थीहरुलाई प्रलोभनमा पारी प्रतिव्यक्ति रु.५,००,०००।-(अक्षरुपी पाँच लाख मात्र ।) सम्म लिई आफै नक्कली परीक्षार्थी बनेर परीक्षा दिई परीक्षा पास गराई कोरिया पठाउने कार्यमा वर्षौदेखि संलग्न रहँदै आएको भन्ने प्राप्त सूचना अनुसार निम्न व्यक्तिलाई मिति २०७७।०९।०९ गते जिल्ला भक्तपुर सुर्यविनायक न.पा.-१०, चितापोलबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, जगातीमा पठाईएको ।
नाम थर :- रोज बहादुर तामाङ
उमेर :- २९ बर्ष
वतन :- जिल्ला रामेछाप खाँडादेवी गा.पा. वडा नं.-०८ स्थायी घर भई
हाल जिल्ला काभ्रेपलाञ्चोक पनौती न.पा. वडा नं.-०७ , नयाँ बस्ती
पक्राउ मिति :- २०७७।०९।०९ गते ।
 
मिति :- २०७७।०९।०९ गते ।