" बैंकिङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ "(2077/09/14)

   जिल्ला काठमाण्डौं का.जि.का.म.न.पा. वडा नं ९ पुरानो वानेश्वर स्थित समानान्तर  निर्माण सेवा प्रा.लि का निरोज कुमार थपलियाको बैकिङ् कसुर सम्बन्धी जाहेरी अनुसार काठमाण्डौं का.जि.का.म.न.पा. वडा नं ९  स्थित जय बाबा गोरख कन्स्ट्रक्सन प्रा.लि का संचालक श्याम कुमार श्रेष्ठलाई यस महाशाखाबाट खटिएको प्रहरी टोलीले   मिति २०७७।०९।१४ गते १३:०० बजेको समयमा का.जि सितापाइला बाट पक्राउ गरी आवश्यक कारवाहीको  लागि  महानगरीय प्रहरी परिसर टेकु पठाईएको ।
    निज श्याम श्रेष्ठले का.जि.नागार्जुन.न.पा स्थित सितापाइला सडक खण्डमा Asphalt Paving Works कार्य सम्पन्न गरे बापतको रकम दिनु पर्नेमा ग्लोबल आई.एम.ई  बैक कान्तिपथ  शाखाको रु १,३६,१०,२८८।– ( एक करोड छत्तिस लाख दश हजार दुई सय अठासी) बराबरको चेक दिई बैकिङ कसुर मुद्दामा फरार रहेका । 
 
पक्राउ परेका व्यक्ति:-          
नाम :- श्याम कुमार श्रेष्ठ
उमेर :-  ५२ बर्ष
स्थायी वतन :-  का.जि.नागार्जुन न.पा वडा नं. ४