“सामाजिक संजाल WhatsApp, Facebook को माध्यमबाट अनलाईन ठगि गर्ने ब्यक्ति पक्राउ”(2077/09/14)

घटना विवरणः-
सामाजिक संजाल Facebook मा Favour Willfered नामको आईडी प्रयोग गर्ने व्यक्तिले आफुलाई नेदरल्याण्डको नागरिक बताई पिडितहरुलाई Friend Request  पठाई  साथी बनी कुराकानी गर्दै जाने क्रममा पिडितहरु संग whatsapp मा समेत सम्पर्क गरी बिभिन्न बहाना बनाई आफू नेपाल घुम्न आउने,  विवाह गर्ने, बहुमूल्य सामानहरु Iphone, सूनका गररहना तथा डलर समेत पठाई दिने भनी प्रलोभनमा पारी बिश्वास दिलाई  पिडितहरुलाई दिपक किशोर श्रेष्ठ, सन्तोष श्रेष्ठ समेतको नामको बैंक खातामा र IME समेत बाट जम्मा  रु. ४१,९८,४५०।-  पठाउन लगाई ठगि गरेको घटनाको अनुसन्धानको सिलसिलामा उक्त ठगिमा संलग्न ब्यक्तिहरुको खोजतलास गर्ने क्रममा यस महाशाखाबाट खटिएको टोलीले मिति २०७७।०९।१३ गते दिउसो काठमाण्डौंको सुन्धाराबाट सन्तोष श्रेष्ठ र आशा श्रेष्ठलाई पक्राउ गरी ठगि सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर काठमाण्डौंमा पठाईएको ।
    पक्राउ व्यक्तीहरु:-
१ . नामथरः- सन्तोष श्रेष्ठ
     ठेगानाः- जिल्ला पुर्वी रुकुम भुमे गाउँपालिका वडा नं. ३ मोरवाङ
     हालः-  का.जि. किर्तिपुर ।
     उमेरः- २२ बर्ष
   
२. नामथरः- आशा श्रेष्ठ
    ठेगानाः- जिल्ला पुर्वी रुकुम भुमे गाउँपालिका वडा नं. ३ मोरवाङ
    हालः-   का.जि. किर्तिपुर ।
     उमेरः- १९  बर्ष