“खुकुरी प्रहार गरि लुटपाट गर्ने गिरोह पक्राउ”(२०७७/०९/१७)

घटना विवरण:-
मिति २०७७/०९/१५ गते  १५:०० बजेको समयमा का.जि. मैतिदेवि स्थित सन्दुस बचत तथा ऋण सहकारी संस्थामा मार्केटिङको काम गर्ने  का.जि. कपन बस्ने बर्ष २५ को प्रेम गजमेरले  मार्केटबाट कलेक्शन गरेको नगद रु १,६६,९१५ ।- ( एक लाख छैसठ्ठी हजार नौ सय पन्ध्र ) र सहकारीका अन्य कागजात तथा चेकबुक  झोलामा राखी  का.जि. का.म.न.पा. वडा न ०७ चाबहिल स्थित A One Café नजिक पुग्दा अपरिचित मानिसहरुको समुहले निजलाई खुकुरीले प्रहार गरि घाईते बनाई डर धाक धम्की दिई जबर्जस्ती लुटपाट गरि फरार रहेकोमा यस महाशाखाबाट खटिएको  प्रहरी टोलीले निरन्तर खोजतलास गर्ने क्रममा निम्न मानिसहरुलाई  लुटपाट गरि लगेको नगद, सहकारीका कागजपत्र, झोला तथा पिडितलाई प्रहार गरेको खुकुरी थान २ तथा चोरी गरेका ४ वटा स्कुटर र १ थान मो.सा. सहित पक्राउ गरी आवश्यक कारबाहीको लागी महानगरीय प्रहरी परिसर,काठमाडौं, महानगरीय प्रहरी वृत्त,गौशाला  पठाईएको ।

प्रारम्भिक अनुसन्धानको क्रममा निजहरुले उपत्यकाका बिभिन्न स्थानबाट मोटरसाईकल तथा स्कुटर समेत चोरी गरि सो चोरी गरेको मो.सा. तथा स्कुटरको प्रयोग गरि चलिरहेको गाडिबाट बिभिन्न सर-सामानहरु जस्तै चुरोट , कपडा, टि.भि.तथा अन्य ईलेक्ट्रोनिक्स सामान पटक-पटक चोरी गरेको भन्ने बुझिन आएको हुँदा त्यस्ता घटनाको बारेमा समेत थप अनुसन्धान कार्य भई रहेको । 

पक्राउ मानिस:-
     १. नाम: रोहन नेपाली शाही
      उमेर :– २९ बर्ष
      ठेगाना:– जिल्ला काठमाणडौ का.म.न.पा. वडा न २७  कमलाक्षी,असन
      हालको ठेगाना:- का.जि.भुरुङखेल ताम्सिपाखा
     २. नाम: अभय तुलाधर
      उमेर :– २२ बर्ष
      ठेगाना:– जिल्ला काठमाणडौ का.म.न.पा. वडा न २६  नरदेबि
      हालको ठेगाना:- का.जि.थानकोट 
     ३. नाम: हरि शर्मा  
      उमेर :– २६ बर्ष
      ठेगाना:– जिल्ला जुम्ला सिंजा गा.पा. वडा न २
      हालको ठेगाना:- का.जि.चक्रपथ बसुन्धरा
      ४. नाम: अमित तुलाधर
      उमेर :– २७ बर्ष
      ठेगाना:– जिल्ला काठमाण्डौ का.म.न.पा. वडा न २७  नरदेवि
      हालको ठेगाना:- का.जि.चक्रपथ
      ५ नाम: रोहित शाही  
      उमेर :– १८ बर्ष
      ठेगाना:– जिल्ला काठमाण्डौ का.म.न.पा. वडा न २७ नरदेवी
      हालको ठेगाना:- ऐ .ऐ
 
बरामद सानानको बिबरण  :-
  • नगद रु. २६,३२५।–(छब्बिसहजार तिनसय पच्चिस)
  • घटनामा प्रयोग भएको बा. ५९ प. २९५६ नम्बरको चोरीको रातो रङको DIO स्कुटर थान १
  • रामपुरी चक्कु थान २
  • बा. ८४ प. ९२६९ नम्बरको निलोकालो रङको जिक्सर मो.सा. थान १
  • बिभिन्न कम्पनीका मोबाईलहरु थान ३
  • बा. ५३ प. ५८५५ नम्बरको कालो रङको DIO स्कुटर थान १
  • बा. ५४ प. ५८३३ नम्बरको रातो रङको DIO स्कुटर थान १
  • कालो झोला र सो भित्र रेहेको बिभिन्न बैकका चेकहरु र सन्दुस बचत तथा ऋण सहकारी संस्थाका बिभिन्न कागजातहरु ।
  • बा. ६२ प. ६२२ रातो रङको DIO स्कुटर थान १