“सामाजिक संजाल Instagram को माध्यमबाट साथी बनी अनलाईन ठगी गर्ने ब्यक्तिहरु पक्राउ”(2077/09/17)

घटना विवरणः-
सामाजिक संजाल Instagram,Whatsapp पिडितले प्रयोग गर्ने क्रममा आफुलाई नेदरल्याण्डको नागरीक बताउने ब्यक्तिले Jerry Jemes नामको आईडीबाट Friend Request पठाई साथी बनी उक्त आईडी प्रयोगकर्ता संग कुराकानी हुदै जाने क्रममा म केमिकल ईन्जिनियर हुँ मैले काम गर्ने कम्पनीको ७० बर्ष पुगेको उपलक्ष्यमा एक जनालाई गिफ्ट पठाउन पाईन्छ म तिमिलाई Iphone 11 मोबाईल, ल्यापटप, गोल्ड लगायत बहुमूल्य सामानहरुको बक्स पठाई दिएको छु । उक्त सामान पाउनको लागी भन्सार बापत रकम पठाउनु पर्छ भनी प्रलोभन देखाई बिश्वास दिलाई पिडितलाई नेपालमा रहेका कृषि बिकास बैंक, ग्लोबल आई.एम.ई बैंक, बैंक अफ काठमाण्डौंका बिभिन्न ब्यक्तिहरुको खाता नम्बरमा पटक-पटक गरी रु. १३,३९,०००।– रकम जम्मा गर्न लगाई ठगि गरेको घटनाको अनुसन्धानको सिलसिलामा उक्त ठगी कार्यमा संलग्न ब्यक्तिहरुको खोजतलास गर्ने क्रममा निम्न नामथर भएका व्यक्तिहरु रुपन्देही जिल्लाको वडा एरियामा लुकिछिपि बसेको भनी खुल्न आएकोले जि.प्र.का. रुपन्देहीसंग आवश्यक समन्वय गरी मिति २०७७।०९।१५ गते पक्राउ गरी ठगी मुद्धामा आवश्यक कारवाहीको लागी आज मिति २०७७।०९।१७ गते महानगरीय प्रहरी परिसर काठमाण्डौंमा पठाईएको ।
पक्राउ ब्यक्तिहरुः-
१.नामथरः- धर्मेन्द्र उपाध्याय
ठेगानाः- जि. रुपन्देही मर्चवारी गाँउपालिका वडा नं. ४
उमेरः- २९ बर्ष
२.नामथरः- अनन्त कुमार उपाध्याय
ठेगानाः- जि. रुपन्देही मर्चवारी गाँउपालिका वडा नं. ४
उमेरः- ४५ बर्ष