“ लागू औषध कारोबारी पक्राउ” (2077/09/24)

घटना विवरण :
लागू औषधको कारोबार हुदैछ भन्ने गोप्य सूचना प्राप्त प्रश्चात यस महाशाखाबाट खटिएको  बिशेष प्रहरी टोलीले मिति २०७७।०९।२४ गते विहान का.जि.का.म.न.पा. वडा नं.२६ मित्रनगर स्थित गेष्ट हाउसमा सुरज चौधरी र कुमार बि.क. लाई शंका लागि सोधपुछ तथा निजहरू बसेको कोठा खानतलासी गर्ने क्रममा कालो झोला भित्र लुकाई राखेको अवस्थामा ३ वटा प्लाष्टिकले बेरेको ईट्टा आकारको ३ के.जि.लागू औषध चरेश जस्तो देखिने पदार्थ फेला पारी बरामद गरी निजहरूलाई पक्राउ गरी प्रारम्भिक अनुसन्धान पश्चात: थप अनुसन्धानको लागि परिसर, काठमाण्डौ पठाईएको ।
 पक्राउ व्यक्तिहरु:
१. नाम : सुरज चौधरी
    उमेर : २७ बर्ष
    ठेगाना : जि.दाङ, तुल्सीपुर उप-म.न.पा.वडा नं. ०४ गाईघाट
 २. नाम थर : कुमार वि.क.                                    
     उमेर : २४ बर्ष
     वतन :  जि.सल्यान, त्रिवेणी गा.पा.वडा नं. ०७ लुहाम