“लागूऔषध कारोबारी पक्राउ” (2077-09-26)

घटना विवरण :

लागूऔषध कारोबार हुदैछ भन्ने गोप्य सूचनाको आधारमा यस महाशाखाबाट खटिएको विशेष प्रहरी टोलीले मिति २०७७।०९।२६ गते का.जि.का.म.न.पा. वडा नं. १४ कुलेश्वर स्थित होटेलमा तिर्थ बहादुर गोले र प्रकाश सुयललाई शंका लागि चेकजाँच तथा खानतलासी गर्ने क्रममा तिर्थ बहादुर गोलेको साथबाट १ के.जि.१०० ग्राम लागूऔषध अफिम जस्तो देखिने पदार्थ फेला पारी बरामद गरी निजहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान जारिरहेको ।

 

पक्राउ व्यक्तिहरु:
१. नाम थर : तिर्थ बहादुर गोले
उमेर : ४५ बर्ष
ठेगाना : जि.मकवानपुर, ईन्द्रसरोवर गा.पा. वडा नं.०४ राकसखोला
 
 २. नाम थर : प्रकाश सुयल
उमेर :३० बर्ष
वतन : जि.भोजपुर, टेम्केमैयुङ् गा.पा.वडा नं. ०८ लेखर्क
 
मितिः- २०७७।०९।२६ गते ।