“ दुर्लभ बन्यजन्तु बाघको छाला कारोबार गर्ने पक्राउ ”(२०७७/०९/२९)

घटना विवरण:-
जिल्ला काठमाण्डौ तारकेश्वर न.पा. वडा न ९ मनमैजु बालाजु  एरियामा प्रतिबन्धित दुर्लभ बाघको  छाला अबैध रुपमा बिक्रि वितरण गर्नको लागी लुकाई छिपाई ल्याई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा मिति २०७७/०९/२८ गते दिनको समयमा जिल्ला लम्जुङ दुधपोखरी घर भई  का.जि. तारकेश्वर न.पा. वडा न ९ मनमैजु बस्ने बृस  राज घलेको कोठाबाट अं.६फिट २ ईन्च लम्बाई र १ फिट २ ईन्च चौडाई भएको प्रतिबन्धित बाघको  छाला बिक्रि वितरण गर्ने उद्येश्यले लिई आएकामा प्रतिबन्धित छाला सहित महानगरीय अपराध महाशाखाबाट खटि गएको बिशेष अनुसन्धान टोलीले पक्राउ गरि आवश्यक कारबाहिको लागी जिल्ला बन कार्यालय हात्तिसार,काठमाडौं पठाईएको  छ  ।
पक्राउ मानिसहरु:-
१) नाम:–  बृस राज घले
    उमेर :– ५३ बर्ष
     पेशा:- भेडा गोठालो
    ठेगाना:– जिल्ला लम्जुङ दुधपोखरी गा.पा. वडा न ०२
    हालको ठेगाना:- का.जि. तारकेश्वर न.पा.वडा न ९
बरामद सामानहरु:-
    बाघको छाला थान-१
    मोबाईल थान-१