“Facebook पेजमा Job Vacancy को बिज्ञापन राखी ठगी गर्ने ब्यक्ती पक्राउ”(2077/09/29)

घटना विवरणः-
सामाजिक संजाल Facebook मा Job Vacancy को Page बनाई बेरोजगार युवाहरुलाई आकर्षित गरी आकर्षक तलब, सुविधा दिने झुठो आश्वासन दिलाई सुरुमा रु. १५००-३५०० सम्म Esewa मार्फत डिपोजिट गर्नुपर्छ भनी ४३ जना युवाहरुबाट रकम ठगी गरी फरार रहेका निम्न नामथर, ठेगाना भएका ब्यक्तिलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर ललितपुर पठाईएको ।
 
साथै यस्ता खालका प्रलोभनबाट बच्नको लागी महानगरीय अपराध महाशाखा हार्दिक अनुरोध गर्दछ ।
 
पक्राउ ब्यक्तिको विवरणः-
नामथरः- शिब  खड्का
ठेगानाः- जिल्ला दोलखा जिरी नगरपालिका वडा नं. ८ घर भई हाल का.जि. काडाँघारी
उमेरः- २३ बर्ष