“ १ करोड ठगी फरार प्रतिबादी पक्राउ” (2077/12/26)

घटना विवरण :

मिति २०७७।१०।१२ गते सम्मानित उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दामा  पक्राउ पूर्जी जारी भई फरार रहेकाजिल्ला बारा  जितपुर सिमरा उ.म.न.पा वडा नं.१६ घर भई हाल का.जि टोखा न.पा वडा नं. ४ बखुन्डोल बस्ने सोम प्रसाद घिमिरेको नाती बासुदेब प्रसाद घिमिरे/ सिता घिमिरेको छोरा बर्ष ३५ को महेश्वर घिमिरेलाई यस महाशाखाबाट खटिएको टोलीले का.जि.टोखा न.पा ४ बाट पक्राउ गरी आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर, टेकु पठाईएको । 

पक्राउ अभियुक्त:

१. नाम थर : महेश्वर घिमिरे
उमेर :३५ बर्ष
वतन:जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा वडा नं.१६ महेन्द्रनगर 
हाल : का.जि टोखा न.पा  वडा नं. ४ , बखुन्डोल ।