“सेफ सहित ७० तोला सुन चोरी कार्यमा संलग्न पक्राउ ”2077/12/30

घटना विवरण:-
उपरोक्त सम्बन्धमा काठमाडौं उपत्यका लगायत बिभिन्न जिल्लाका बिभिन्न सहकारी तथा वित्तिय संघ संस्थाहरु तथा सुन चाँदी पसलमा रातको समयमा चोरी गर्ने कार्यमा संलग्न मानिसहरुको खोजतलास गर्ने क्रममा मिति २०७६/११/१८ गते राती ०२:०२ बजेको समयमा जिल्ला नवलपारासी गौडाकोट न.पा. वडा न ५ काग्रेस चोक स्थित मोनिका सुनचाँदी पसलको सटर फोडी पसलमा रहेका बिभिन्न तयारी सुनका गर गहना ७० तोला नगद रु ७,००,०००/-समेत गरि अन्दाजी रु ४३,००,०००/-( त्रिचालिस लाख ) बराबरको धनमाल चोरी कार्यमा संलग्न रहेका जिल्ला म्याग्दी मालिका गा.पा.वडा न २ घर भई हाल का.जि. तारकेश्वर बस्ने बर्ष २८ को दिलिप भन्ने दिल बहादुर पुनलाई मिति २०७७/१२/२६ गते पक्राउ गरी आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासी पठाईएको ।
पक्राउ व्यक्ति:-
१) नाम:–दिल बहादुर पुन
उपनाम:-दिलिप, दिपेश
उमेर :–२८ बर्ष
ठेगाना:– जिल्ला म्याग्दी मालिका गा.पा. वडा न २
हालको ठेगाना:-का.जि. तारकेश्वर, बालाजु