" नक्कली बैना कागज तयार गरी ठगी गर्ने व्यक्ति पक्राउ "2077/12/30

घटना विवरण :
जिल्ला लम्जुङ बेसिशहर न.पा वडा नं. १ स्थाई ठेगाना भई हाल काठमाण्डौं का.जि.का.म.न.पा. वडा नं १३ बस्ने कुलदेश जोशीको जाहेरी अनुसार जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं.१ बस्ने भेषेन्द्र पुरुष ढकालको नाममा काठमाण्डौं का.जि.नागार्जुन न.पा वडा नं. ६ स्थित रहेको जग्गा मैले बैना गरेको छु भनी प्रतिआना रु. १८,००,०००।– कायम गरी नक्कली बैना कागज बनाई रु. ५०,००,०००।–बैना लिई ठगी गरेको हुँदा निज शकुल शाही ठकुरीलाई यस महाशाखाबाट खटिएको प्रहरी टोलीले मिति २०७७।१२।२८ गते अ.१६:०० बजेको समयमा काठमाण्डौ का.म.न.पा वडा नं.१५ स्वयम्भु बाट पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाईएको ।
पक्राउ परेका व्यक्ति:-
नाम :-शकुल शाही ठकुरी
उमेर :-४५ बर्ष
स्थायी वतन :- का.जि.बुढानिलकण्ठ न.पा वडा नं. ५