" माननिय सांसद झपट बहादुर रावल बस्ने घरमा दुङ्गा प्रहार गर्ने ब्यक्ति पक्राउ "2078/01/02

घटना विवरण :-
माननिय सांसद झपट बहादुर रावल बस्ने गरेको जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.३१ कारेश्वर मन्दिर नजिक रहेको धुर्बलाल श्रेष्ठको घरमा अपरिचित ब्यक्तिहरु अनाधिकृत रुपमा प्रबेश गरी मिति २०७८।०१।०१ गते राती अ.२३:४५ बजेको समयमा ढुङ्गामुढा गरी फरार भएको घटनामा संलग्न निम्न ब्यक्तिहरुलाई यस महाशाखा बाट खटि गएको प्रहरी टोलीले मिति २०७८।०१।०२ गते पक्राउ गरी आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी बृत बानेश्वर काठमाण्डौ पठाईएको ।
पक्राउ परेका व्यक्तिहरु :-
१. नाम थर : मनोज तामाङ
    उमेर : २२ वर्ष
    स्थायी वतन : जिल्ला रामेछाप गोकुल गंगा गा.पा.१
    हाल : जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा.वडानं. ३ गठ्ठाघर
२. नाम थर : नसिम लिम्बु
    उमेर : २४ वर्ष
    स्थायी वतन : जिल्ला पाचथर फिदिम न.पा.वडा नं.१० याङ्नाम