" नक्कली सुन देखाई ठगी गर्ने ब्यक्ति पक्राउ "2078/01/02

घटना विवरण :-
जिल्ला धादिङ रुबीभ्याली गा.पा.वडा नं.१ तिपलिङ्ग घर भई हाल जिल्ला काठमाण्डौ टोखा न.पा.वडा नं. ३ कोठा गरी बस्ने बर्ष २२ को ईमरान, पन्तलाल तामाङ भन्ने रबिन्द्र थापा तामाङले बिभिन्न ब्यक्तिहरुलाई फलाममा सुनको जलप लगाएको पाता दिई सक्कली सुनको सिक्री र पैसा लिई ठगी गरेको ‍सुचनाको अधारमा यस महाशाखा बाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा मिति २०७७।१२।३१ गते बेलुका अन्दाजी १८:३० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.१६ बनस्थली बाट पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी परीसर काठमाण्डौ पठाईएको ।
पक्राउ परेका व्यक्ति :-
१.नाम थर : ईमरान, पन्तलाल तामाङ भन्ने रबिन्द्र थापा तमाङ
   उमेर : २२ वर्ष
   स्थायी वतन : जिल्ला धादिङ रुबीभ्याली गा.पा.वडा नं.१ तिपलिङ्ग
   हाल : जि.ललितपुर गोदावरी बसपार्क नजिक