“ युरोप पठाईदिन्छु भनि रकम ठगी गर्ने व्यक्ति पक्राउ ” 2078-01-08

घटना विवरण :-
जिल्ला चितवन राप्ती न.पा वडा नं. ३ घर भई हाल Grande Globe Holidays Pvt .Ltd संचालन गरी का.जि.का.म.न.पा वडा नं. १६ नयाँबजार बस्ने बर्ष ३६ को भरत प्रसाद राईले भिजिट भिषामा जान प्रति ब्यक्ती रु १०,००,००० ।- (अक्षरुपी दस लाख) लाग्छ भनी प्रलोभनमा पारी युरोपका पोर्चुगल, लाटभिया, युक्रेन लगायतका देशमा जिल्ला तेह्रथुम फेदाप गा.पा वडा नं. ३ जलजले बस्ने सागर लिम्बु समेत ६ जना बाट रु १९,४७,०००।– - (अक्षरुपी उन्नाईस लाख सतचालिस हजार) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले यस महाशाखा वाट खटिई गएको प्रहरी टोलीले पक्राऊ गरी मिती २०७८।०१।०८ गते थप अनुसन्धानको लागी महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाईएको ।
नाम थर : भरत प्रसाद राई
उमेर : ३६ बर्ष
वतन : जिल्ला चितवन राप्ती न.पा वडा नं.३