" हतकडी सहित फरार अभियुक्त पक्राउ " 2077-01-08

घटना विवरण :-
मिति २०७७।०६।०२ गते अनुसन्धानको सिलसिलामा महानगरीय प्रहरी बृत कालिमाटीमा ल्याईएका अभियुक्तहरु मध्ये ३ ( तिन ) थान हतकडी सहित फरार रहेका भारत बिहार राज्य,समस्तीपुर जिल्ला पटौरी थाना बस्ने बर्ष-१८ को सुजित कुमार गुप्ता नाम बताउने अन्नि कुमार साहलाई यस महाशाखाबाट खटिई गएको प्रहरी टोलीले मिति २०७८।०१।०८ गते कालिमाटी परोपकारबाट पक्राउ गरी आवस्यक कारवाहीको लागि महानगरीय प्रहरी बृत कालिमाटी काठमाण्डौ पठाईएको ।
पक्राउ परेका अभियुक्त :-
१.नाम थर : सुजित कुमार गुप्ता नाम बताउने अन्नि कुमार साह
उमेर : १८ वर्ष
स्थायी वतन : भारत बिहार राज्य,समस्तीपुर जिल्ला पटौरी थाना
हाल : का.जि.का.म.न.पा.कालिमाटी सुकुम्बासी टोल