“ कम्बोडिया पठाईदिन्छु भनि रकम ठगी गर्ने व्यक्ति पक्राउ ”2078/01/12

घटना विवरण :
जिल्ला मकवानपुर साविक फापरबारी गा.वि.स. परिवर्तित बागमती गा.पा. वडा नं. ८ भवानचुली बस्ने वर्ष २४ को आयुष मोक्तान समेतले जिल्ला काभ्रेपलाञ्चोक पाँचखाल न.पा. वडा नं. ८ चिसापानी बस्ने वर्ष ३६ को प्रेम बहादुर तामाङ समेत ६ जनालाई भिजिट भिषामा कम्बोडिया जान प्रति व्यक्ति रु ६,५०,००० ।- (अक्षरुपी छ लाख पचास हजार) लाग्छ कम्बोडिया पुगे पछी क्यासिनोमा BOSS GUARD मा काम लगाइदिन्छु भनी प्रलोभनमा पारी निज प्रेम बहादुर तामाङ समेत ६ जना बाट रु. ३९,००,०००।- (अक्षरुपी उनान्चालिस लाख) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले विपक्षीहरु मध्यका आयुष मोक्तानलाई मिति २०७८।०१।१० गते जिल्ला मकवानपुर बागमती गा.पा. वडा नं. ८ भवानचुलीबाट पक्राउ गरी थप अनुसन्धानको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँ पठाईएको ।
निम्न:
नाम थर : विजय भन्ने आयुष मोक्तान
उमेर : २४ बर्ष
वतन : जिल्ला मकवानपुर बागमती गा.पा. वडा नं.८ भवानचुली