"नेपाल पारवहन तथा गोदाम ब्यबस्था कम्पनी लि.गोदाम बाट चोरी गर्ने मानिस पक्राउ" (2078/03/09)

 घटना विवरण:-

             नेपल पारवहन तथा गोदाम व्यबस्था कम्पनी लिमिटेड, त्रिवुभन अन्तराष्ट्रिय विमान स्थल शाखा कार्यालयले संचालनमा ल्याएको कार्गो कम्प्लेसमा रहेको आयात गोदाममा मिति २०७८/०२/०७ गते र ऐ. ११ गते आयात भएको ५०७ पिस ल्यापटप मध्ये मिति २०७८/०२/२० गते रातको समयमा ७ पिस ल्यापटप चोरी भएको तथा मिति २०७८/०३/०३ गते राती  ६ पिस गरि जम्मा १३ थान  ल्यापटप चोरी गरी लगेको हुँदा नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लि. तर्फबाट निबेदन पर्न आएकोमा यस महाशाखाबाट महानगरिय बिमानस्थल सुरक्षा कार्यालय संगको समन्वयमा अनुसन्धान  गर्ने क्रममा उक्त चोरी कार्यमा संलग्न तपशिलमा उल्लेखित मानिसलाई चोरी गरि लगेको ल्यापटप सहित पक्राउ गरि चोरी सम्बन्धी कसुरमा  थप अनुसन्धान तथा कारबाहिको लागी महानगरीय प्रहरी  परिसर काठमाण्डौ पठाईने तथा सो सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको ।

पक्राउ परेका ब्यक्ती
नाम:- बिण्णु अधिकारी
बर्ष:-२९
वतन:- जिल्ला सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गा.पा. वडा न २
हाल:- का.जि. गोकर्णेश्वर न.पा. वडा न ८ बेशीगाँउ
 
बरामद सामानको बिबरण :-
१. Dell कम्पनीको ल्यापटप ८ थान
२.ऐ.को  चार्जर २ थान