“दक्षिणकाली जंगलमा सन्तोषी सुव्बाको हत्या गर्ने पक्राउ”(2078/03/10)

घटना विवरण:

मिति २०७८/०३/०८ गते काठमाण्डौ जिल्ला दक्षिणकाली नगरपालिका वडा नं. ७ दक्षिणकाली मंदिर स्थित जंगल परिसरको पिकनिक स्थलमा रहेको सार्वजनिक शौचालयमा पछी नामथर वतन काठमाण्डौ जिल्ला, काठमाण्डौ महानगरपालिका-७ बस्ने सन्तोषी सुव्वा भनी खुल्न आएको महिलाको अनुहारको भाग क्षतविक्षत रहेको मृत लाश सम्बन्धी घटनाको महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परीसर काठमाण्डौको टोलीहरूले संयुक्त अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न जिल्ला सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी -१४ घर भई दक्षिणकाली नगरपालिका-७ बस्ने २९ वर्षको सुरेश तिमल्सिनालाई महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले पक्राउ गरीएको ।  

अनुसन्धानको क्रममा मिति २०७८/०३/०६ गते मृतक सन्तोषी सुब्बाले सुरेश तिमल्सिनासँग खाने र बासको समस्या भएको बताए पश्चात निज सुरेश तिमल्सिनाले खाना र सुत्ने व्यवस्था निजले काम गर्ने बसमा मिलाईदिन्छु भनी घटनास्थल तर्फ लगी जबरजस्ती गर्ने क्रममा मृतक सन्तोषी सुब्बाले प्रतिकार गरे पश्चात निज सुरेश तिमल्सिनाले घाँटी थिची  मृतकको सलले घाँटीमा बेरी हत्या गरे पश्चात ढुंगाले अनुहारमा पटक पटक प्रहार गरी फरार भएको भनी खुल्न आएकोमा मिति २०७८/०३/०९ गते निज भागी लुकिछिपी बसेको स्थान काठमाण्डौ-२७ कमलाक्षी इनबहालबाट पक्राउ गरी थप अनुसन्धान भईरहेको ।

पक्राउ:
नाम: सुरेश तिमल्सिना
उमेर: २९ वर्ष
वतन: जिल्ला सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी -१४ घर भई दक्षिणकाली नगरपालिका-७
पेशा: सह चालक

बरामद सामानहरू: घटनाको बेला अभियुक्तले लगाएका कपडाहरू, मृतकको मोबाईल, मेमोरी कार्ड आदि ।

मितिः- २०७८।०३।१० गते ।