" चितुवाको छाला सहित दुई जना व्यक्ति पक्राउ "(2078/03/11)

घटना विवरण :

 चितुवाको छाला अवैध रुपमा ओसारपसार गरी रु. ६,००,०००।- ( छ लाख) मा बिक्रीबितरण  भैरहेको छ भन्ने गोप्य सुचनाको आधारमा यस महाशाखाबाट खटिएको बिशेष प्रहरी टोलीले मिति २०७८।०३।११ गते अ. ०२:३० बजेको समयमा का.जि. का.म.न.पा. वडा नं. १५ स्वयम्भुबाट निम्न  नामथर भएका व्यक्तिहरुको साथबाट चितुवाको छाला थान -१ बरामद गरी  निजहरुलाई पक्राउ गरी थप अनुसन्धान कार्य जारी रहेको ।

पक्राउ परेको व्यक्तिहरु :-
 
१.नाम थर :सुशिल कुमार वाईबा
   उमेर :  ३२ वर्ष
   स्थायी वतन : जि. सिन्धुली मरिन गा.पा. वडा नं – ३ सिरटोल
   हाल :  का.जि. का.म.न.पा. १५  स्वयम्भु
 
२. नाम थर : कान्छाराम वाईबा
     उमेर  : ३४ बर्ष
     स्थायी वतन : जि. सिन्धुली घ्याङलेख गा.पा.वडा नं. १ अमले
     हाल : का.जि. का.म.न.पा.  १५  स्वयम्भु
 
मितिः- २०७८/०३/११ गते ।